रुसी तेल आयातमा प्रतिबन्ध लगाउँदा त्यसको विनाशकारी परिणाम आउने रुसको चेतावनी

२४ फागुन, काठमाडौं । अमेरिका र युरोपले रुसको कच्चा तेल आयातमा प्रतिबनध लगाएमा त्यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३०० डलर प्रतिब्यारलसम्म पुग्न सक्ने आकलन गरिएको छ ।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले सोमवार यस्तो चेतावनी दिएका हुन् । रुसी तेल आयातमा प्रतिबन्ध लगाउँदा त्यसको विनाशकारी परिणाम आउने उनको भनाइ छ ।

frontline

नोभाकका अनुसार, युरोपेली बजारमा रुसी तेलको तत्काल विकल्प खोज्न सम्भव छैन । त्यसका लागि एक वर्ष लाग्न सक्छ र त्यतिखेरसम्म युरोपेली उपभोक्ताहरूले अत्यधिक महंगो मूल्यमा तेल किन्नुपर्ने हुन्छ ।

रुसी तेलमाथि प्रतिबन्ध लगाउँदा अस्थिरता उत्पन्न हुने र उपभोक्ताहरूलाई निकै घाटा लाग्ने नोभाकको भनाइ छ ।

नर्ड स्ट्रीम २ माथि लगाइएको रोकको बदलामा रुसले नर्ड स्ट्रीम १ पाइपलाइनमार्फत गरिने आपूर्ति रोक्न सक्ने सम्भावनाका बारेमा पनि नोभाकले टिप्पणी गरे ।

उनले भने, ‘हामीले यसबारे निर्णय लिएका छैनौं । यसबाट कसैलाई पनि फाइदा हुँदैन । तर युरोपेली नेताहरूले रुसविरुद्ध दिएको बयान र लगाएको आरोपले हामीलाई यसका लागि बाध्य बनाइरहेको छ ।’

रुस संसारको ठूलो तेल उत्पादक देशमध्ये एक हो । युरोपको ३५ देखि ४० प्रतिशत कच्चा तेल रुसले नै उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here