रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

६ भदौ, काठमाडौं । रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् ।

frontline

साेही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएकाे जनाइएकाे छ ।

रुसमा चालकहरूको लापरबाहीका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् ।

गत जनावरीमा रुसको रियाजान क्षेत्रमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here