रुसको बेलगार्डमा विस्फोट, तीन जनाको मृत्यु

१९ असार , काठमाडौं । पश्चिमी रुसको बेलगार्डमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

यो जानकारी स्थानीय गभर्नर व्याचेस्लाव ग्लाडकोभले दिएका छन् ।विस्फोटका कारण धेरै आवासीय भवनमा पनि क्षति पुगेको उनले बताए ।

frontline

यद्यपि यो दाबीलाई कुनै पनि स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलगार्ड क्षेत्रमा धेरै हमला भएका छन् ।

यसैबीच युक्रेनको पूर्वी सहर लेस्चान्स्कमा द्वन्द्व जारी छ । लुहान्स्क क्षेत्रमा यो एक्लो शहर हो जहाँ हालसम्म युक्रेनको नियन्त्रण छ ।

युक्रेनको रक्षा मन्त्रालयका एक अधिकारीले सहरको अवस्था निकै कठिन रहेको तर अहिलेसम्म यो सहर पूर्ण रुसको कब्जामा नआएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here