रुसका जर्नेल मारिएको युक्रेनको दाबी

श्रोत : ईन्टरनेट

२४ फागुन, एजेन्सी । युक्रेनले रुसका जर्नेल युद्धमा मारिएको दाबी गरेको छ । युक्रेनको सैनिकले युक्रेनविरुद्धको हमलामा रुसी सेनाका कमाण्डर मेजर जनरल भिटाली गेरोसिमोभ मारिएको दाबी गरेको हो ।

युक्रेनको पूर्वी शहर खारकिभमा युद्धका क्रममा उनी मारिएको दाबी गरिएको छ । उनले विगतमा चेचेनियामा रुसी सेनाको कारबाहीमा सहभागिता जनाएका थिए । गारासिमोझ सिरियामा रुसी सैन्य कारबाहीमा समेत कमाण्डको भूमिका निभाएका थिए ।

frontline

युक्रेनविरुद्धको हमलामा उनी १५औं सेपरेट मोटराइज्ड राइफल ब्रिगेडको कमाण्डर थिए । २३ फागुनमा उनी मारिएको दाबी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here