रिसाएका ज्वाइँले ससुराली गएर आगो लगाई ५ जनाको हत्या

सान्केतिक तस्बिर

१ कार्तिक, एजेन्सी । पत्नी समयमै घर नफर्किएपछि रिसाएका ज्वाइँले ससुराली गएर आगो लगाई ५ जनाको हत्या गरेका छन् ।

भारतको पञ्जाबस्थित मेहतपुरमा भएको घटनामा ज्वाइँ कुलदीप सिंहले ससुराली गई पेट्रोल छर्केर पत्नी, सासु, ससुरासहित ५ जनालाई मारेका छन् ।

frontline

घटनामा कुलदीपकी पत्नी परमजीत कौर, छोरा गुरमोहल, छोरी अर्शदीप कौर, सासु जंगीद्रो बाई र ससुरा सुरजन सिंहको मृत्यु भएको छ । कुलदीपले घरभित्र ५ जनामाथि पेट्रोल छर्केर आगो लगाई बाहिरबाट ढोका बन्द गरेका थिए ।

प्रहरीका एसपी सरबजीत सिंहले कुलदीपले साथीहरूसँग मिलेर हत्या गरेको बताएका छन् । कुलदीपसँग परमजीतको दोस्रो विवाह थियो र परमजीत उनीसँग बस्न इच्छुक थिइनन् तर कुलदीप पत्नीलाई घर लैजान चाहन्थे ।

गरीब परिवारका सुरजन सिंहले छोरीको विवाह ८ वर्षअघि गरेका थिए तर विवाहको केही वर्षमै ज्वाइँको निधन भयो । त्यसपछि परमजीत माइतीघरमै बस्न थालिन्, २ छोराछोरीसँगै । मृतक पतिबाट उनका १ छोरा र १ छोरी भइसकेका थिए ।

जेनतेन सुरजन ज्याला–मजदुरी गरेर छोरी र नातिनातिनीको हेरचाह गरिरहेका थिए । यस्तैमा कुलदीपसँग सम्पर्क भएपछि दुवैले विवाह गरे । विवाहको केही महिनामै कुलदीपले रक्सी खाएर कुटपिट गर्ने, छोराछोरीलाई नमान्ने भएपछि उनी फेरि माइतीघरमै बस्न थालिन् तर यस्तैमा रिसाएर कुलदीपले पेट्रोल छर्केर सबैको हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here