रास्वपाले सरकारबाट समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर।

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने बताएका छन्।

पेरिसडाँडामा आयोजित माओवादी बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘केही हुँदैन। फिर्ता पनि लिनु हुन्न मैले बुझेसम्म।’ 

frontline

माओवादीको बैठकले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ। किनकि उनको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने।

यद्यपि रास्वपाले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा बैठक गरिरहेको छ। बसुन्धारास्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटी र संसदीय दलको बैठक संयुक्तरूपमा बसिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here