राष्ट्रिय सभामा सांसदलाई बोल्नको लागि समय नतोक्ने

१६ भदौ, काठमाडौं । राष्ट्रपतिको सरोकार सम्बोधन गर्न तथा नागरिकता विधेयकमा गम्भीर र पर्याप्त छलफल होस् भनेर राष्ट्रिय सभाले सांसदलाई बोल्नको लागि समय नतोक्ने भएको छ ।

नागरिकता पारित गर्ने कार्यसूची रहेको बिहीवारको बैठकमा समय सीमा नतोकिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी गराए ।

frontline

बिहीवार बसेको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको थियो ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक राष्ट्रिय सभाको समितिबाट पनि जस्ताको तस्तै पारित भएको छ ।

छलफल पछि विधेयक आजै पारित गर्ने कार्यसूची छ । राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधि सभाका सभामुखले प्रमाणिकरण गरेर राष्ट्रपतिकोमा पठाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here