राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुई विधेयक पारित

१७ असार, काठमाडौं । राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुईवटा विधेयक पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले औषधि (तेस्रो संशोधन) विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन विधेयक) २०७९ बहुमतले पारित भएको हो।

frontline

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले दुईवटै विधेयक सुझाव दिन पारित गरि प्रतिनिधिसभामा फिर्ता पठाइयोस‍् भन्ने प्रस्ताव पेश गरेका थिए। अब राष्ट्रिय सभाले दुईवटै विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनेछ।

प्रतिनिधि सभाले पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिले  प्रमाणीकरण गरेपछि दुबै विधेयकले ऐनको रुप लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here