राष्ट्रिय सभाको बैठक आज बस्दै

२८ असार, काठमाडौं । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नुहुनेछ ।

frontline

जसमध्ये, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ रहेका छन् ।

यसैगरी, खानेपानी तथा सरसफाइ विधेयक, २०७६ पनि टेबुल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here