राष्ट्रिय विभूतिको सम्मानका रूपमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

८ फागुन, काठमाडौं । झापाको कनकाई नगरपालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिको सम्मान दिँदै पूर्णकदको शालिक अनावरण गरेको छ ।

कनकाईले ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज पृथ्वीनारायण शाहको शालिक अनावरण गरेको हो ।

frontline

नगरपालिका प्रवेशद्वारमा भएको एक संक्षिप्त कार्यक्रमका बीच पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य हीराकुमार थापा, नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँलगायतले एकताका प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिक अनावरण गरेका हुन् ।

गजुरसहित निर्माण गरिएको सात फिट पाँच इन्च उचाइको पृथ्वीनारायणको शालिक नेपालकै पहिलो ठूलो भएको अनुमान छ ।

नगरवासीमा एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको कनकाई नगर प्रमुख  पोखरेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here