राष्ट्रियसभा सदस्य पाण्डेले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई शपथ दिलाएका हुन् ।

frontline

लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए ।

उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

poster-here