राष्ट्रपतिले सर्वसाधारणलाई ३ देखि ५ बजेसम्म टीका लगाइदिने
१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा दसैंको टीका लगाइदिने भएकी छन्।
राष्ट्रपति कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको छ।
तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ।
सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्