राष्ट्रपतिबाट महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त, शोक पुस्तिकामा हस्ताक्षर

फाइल तस्बिर

२४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन्।

उनले महारानी एलिजाबेथको मृत्युमा शोक जनाउन लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्।

frontline

राजदूताबासमा राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुराकानी गरेकी थिइन्।

कुराकानीमा राष्ट्रपतिले महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here