राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेल नियुक्त

१३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी  दिए।

frontline

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेललाई सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।

आचार्यको स्थायी घर प्यूठान हो। उनले कानुनमा विद्यावारिधि गरेका छन्। पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातिले सोमबार राजीनामा बुझाएका थिए।

सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार फेरिने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here