राष्ट्रपतिको उपस्थितिमा आज महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ गरिँदै

काठमाडौं । तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ‘ब्रेक थ्रु गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ गरिने भएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले राष्ट्रपति पौडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार पुग्ने तय भएको जानकारी दिए ।

frontline

मकवानपुरको भीमफदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । आज ‘ब्रेक थ्रु हुने उक्त सुरुङको लम्बाइ ३.४४५ किमि रहेको छ ।

अर्काेतर्फको ३.४८६ किमिको सुरुङ गत भदौमा ’ब्रेक थ्रुझ भइसकेको छ । फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् ।

नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ । यसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here