रामचन्द्र पौडेलको चियापान कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेको चियापान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् ।

कांग्रेस महाधिवेशनमा सभापति पदको निर्वाचन लम्बिएर रस्साकस्सी चलिरहेका बेला वरिष्ठ चियापान कार्यक्रमका आयोजना गरेका हुन् ।

frontline

पौडेलले मंगलबार बिहान लैनचौरमा चियापान कार्यक्रम राखेका छन् । देशभरका महाधिवेशन प्रतिनिधिहरूसँगै देउवा पनि उक्त कार्यक्रममा सहभागी भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिमा प्रत्यासी पाँच नेताहरू कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि मंगलबारै दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here