राप्रापा रौतहटले बुझायो प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मेवालाल यादव 

रौतहट  – राष्ट्रिय प्रजातन्त्र पार्टी रौतहटले ४० बुँदे ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई पठाएको छ। सो पार्टीका  रौतहट जिल्ला अध्यक्ष बिजेन्द्र प्रसाद  साहको नेतृत्वमा गएको टोलीले प्रजिअ रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो।

frontline

राप्रपा रौतहटले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, प्रदेश संरचना खारेजी, बलियो केन्द्र र अधिकार प्राप्त स्थानीय रहेको दुई किसिमको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, राष्ट्रियता, विकास सुशासन, सेवा प्रवाह एवं जनजीवीकासँग प्रत्यक्ष सम्बन्ध तथा मुलुकको दीर्घकालीन हितका विभिन्न विषय उठान गरिएको छ।

राप्रपा रौतहट अध्यक्ष साहद्वारा हस्ताक्षरित ज्ञापन पत्र ४० बुँदे रहेको छ। उनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताएका छन ।

राप्रपाको ज्ञापनपत्र बुझेपछि प्रजिअ रेग्मीले  प्रधानमन्त्रीको कार्यालयमा तत्काल ज्ञापानपत्र पठाइने बताए। ज्ञापनपत्र बुझाउने कार्य भए पनि अब केन्द्रको निर्देशनअनुसार अन्य शान्तिपूर्ण कार्यक्रम जिल्लामा राप्रपाले सञ्चालन गर्ने भएको छ। राप्रपा केन्द्रले यो आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको जनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here