राप्रपा पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग भएको घोषणा

फाइल तस्बिर

२५ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए ।

frontline

यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष थापाको माग थियो ।

सुरुमा यसबारे छलफल गर्न अस्वीकार गरेका राप्रपा अध्यक्ष लिंदेनले शनिबार भने थापालाई भेटेर संवाद गरेका थिए ।

थापाले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने समेत उनले दाबी गरेका थिए ।

थापा भने स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए ।

सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु ।’

पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

थापाको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here