राप्रपा अध्यक्षको उम्मेदवार शुल्क एक लाख

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ।

राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क निर्धारण गरीएको हो।

frontline

त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ। केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। राप्रपाको निर्वाचन १५,१६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here