राप्रपाको मूल आन्दोलन समिति बैठक जारी

१२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल आन्दोलन समितिको बैठक जारी छ । राजधानीको एक प्यालेसमा जारी बैठकमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डालाई लिएर थप आन्दोलन घोषणा गर्ने बताइएको छ ।

राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिएको थियो ।

frontline

त्यसअघि घोषणा भएका आन्दोलनका कार्यक्रम गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै राप्रपाले स्थगित गरेको थियो ।

‘आजको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ,’ प्रवक्ता मोहन कुमार श्रेष्ठले भने ।

आन्दोलनसँगै पार्टीका अन्य गतिविधि अघि बढाइने राप्रपाले बताएको छ ।

#राप्रपा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here