राप्तीमा भेटियो भरुवा बन्दुक सहितको मानब कंकाल

१७ चैत, राप्ती । चितवनको राप्ती नगरपालिका वडा नं ६ धमौरामा भरुवा बन्दुक सहित मानब कंकाल भेटिएको छ ।

खानेपानीको पाइपलाइन विस्तारको लागि खाल्टो खन्ने क्रममा प्लाष्टिकले बेरिएको मान्छेको टाउँको फेला परेको प्रहरीले जनाएको छ ।

frontline

लोकेन्द्र श्रेष्ठ र राज आलेले खाल्टो खन्ने क्रममा मान्छेको टाउको, दुई वटा कटुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ ।

२०५१/५२ सालमा चर्च रहेको सो ठाउँमा डेढ फुट खन्दा माबन कंकाल भेटिएको हो । द्वन्द्वकालमा सो ठाउँमा एक जना व्यक्ति हराएका थिए ।

उनी अझै फेला परेका छैनन् । प्रहरीले सो कंकाल उनैको हुन सक्ने अनुमान गरेको छ । प्रहरी सो ठाँउलाई सिल गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here