राजविराजमा सीके राउतविरुद्ध शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन

फाइल तस्बिर

७ पुस, सप्तरी । सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । 

frontline

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए । 

राउतको व्यवहारबाट समग्र मैथिली भाषीको भावनामा ठेस पुगेको उनको भनाइ छ । 

संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ । 

मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै अधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको मिलाफका सचिव विद्यानन्द वेदर्दीले बताए ।

राउतले मधेसी भाषा भनेर संसद् सचिवालयमा दर्ता गराएको निवेदन नै संविधानविरीत भएको उनीहरूको दाबी छ ।

राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनकै क्षेत्रमा उनीविरुद्ध प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here