राजपुर नगरपालिकामा जसपाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

मेवालाल यादव , रौतहट

frontline

रौतहटको राजपुर नगरपालिका वडा नं.-५ राजपुर हाइ स्कुलको नजिकमा रहेको बिवाह मण्डलको सभाहलमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला तथा संगठन बिस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा रौतहट चर्चित बिधायक ( पुर्व प्रदेश सान्सद ) रामकिशोर प्रसाद  यादवको प्रमुख आतिथ्यमा जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित कार्यक्रम विच राजपुर  नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला तथा संगठन बिस्तार अभियान सम्पन्न भएको हो । 

कार्यक्रमलाई प्रमुख अतिथि रामकिशोर प्रसाद  यादवले सम्बोधन गर्दै मधेस प्रदेशका नागरिक पहाडी जिल्लामा पहिचान गराउन राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको महत्त्वपूर्ण भुमिका रहेको जिकिर गर्नु भयो । मधेस प्रदेशको पूर्व मुख्यमन्त्री मो.लालबाबु गद्दीले समाजमा रहेको महिला बालबालिकाको लागि सबैभन्दा पहिलो साइकल तथा जन्मेको बालिकाको लागि शिक्षा बिमाको सुरुवात गरेको पहिलो पार्टी जनता समाजवादी पार्टी नेपाल रहेको जिकिर पुर्व प्रदेश संसाद यादवले बताए । भोलीको दिनमा मधेस प्रदेशमा बसोबास गर्ने थारु,दलित,चमार,मुस्लिम समुदायको ब्यक्ति प्रधानमन्त्रीको दाबेदार रहने बताए।

राजपुर  नगरपालिकाको वडा -१ देखी- ९ सम्मको उपस्थिति बिच  राजपुर नगर तदर्थ समितिको अध्यक्ष  पदमा मो. शेख कलामको अध्यक्षतामा १७ सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ ।

सो कार्यक्रममा  विशिष्ट अतिथि  पुर्व मन्त्री योगेन्द्र राय यादव प्रदेश सान्सद शोभा साह ,,अतिथि किरण ठाकुर , केन्द्रिय सदस्य बिश्वनाथ पटेल , क्रान्ति युवा नेता राजकुमार दास, युवा नेता  मो. प्रवेज आलम  प्रदेश सदस्य लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका राजपुर  नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here