राजधानी टोकियो तथा अन्य नौ प्रान्तमा संकटकाल आगामी ३ हप्ता लम्बियो

काठमाडौं । जापानले राजधानी टोकियो लगायत अन्य नौ प्रान्तमा लगाएको संकटकाललाइ आगामी तिन हप्तासम्म थप गरेको छ ।

कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधि सोमबार समाप्त हुँदै थियो ।

frontline

जापानी प्रधानमन्त्री योशिहिड़ो सुगाले पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेकोले जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको बताउनु भयो ।

अझै पनि कतिपय अस्पतालहरुमा थुप्रै कोभिडका बिरामीहरु रहेको सुगाले बताउनु भयो । जापानमा कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरूलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ ।

त्यस्तै विद्यालयहरू बन्द गरिएका छन् भने ठुला खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने नियम लगायिएको छ ।

साथै नेपाल , भारत , बंगलादेश, माल्दिभ्स , पाकिस्तान र श्रीलंका बाट आएका मानिसलाई अनिबार्य १० दिन quarantine मा रहनु पर्ने नियम छ । हालको प्रतिबन्ध टोकियो २०२० ओलम्पिक सुरु हुन पाँच साता अघिसम्म रहने छ ।

राजधानी टोकयोमा दैनिक संक्रमण १०० भन्दा कम भए मात्र सुरक्ष्हित तरिकाले ओलम्पिक खेल आयोजना गर्न सकिने बतायिएको छ। हाल त्यहाँ दैनिक संक्रमण ७०० को हाराहारी मा रहेको छ ।।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here