राजधानीमै नक्कली प्रमाणपत्र र कागजात बनाउने अखडा

राजधानीका फुटङमा नक्कली प्रमाणपत्र र सरकारी कागजात बनाउने एउटा घरमा प्रहरीले छापा मारेको छ । त्यस्तो कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाले त्यस्ता नक्कली कागजातहरू विगत आठ वर्षदेखि बनाउँदै आएको बताएका छन् । सरकारी, शैक्षिक, बैंक वित्तिय संस्थाका कीर्ते काजात बनाउने गरेको अभियोगमा गोरखाको भीमसेनथापा गाउँपालिका १ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका २ छयाङ्ढुङकी २३ वर्षीया अञ्जु खत्री पक्राउ परेका हुन् । 

frontline

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो छापा मारेर पक्राउ गरेपछि आज सार्वजनिक गरिएको हो । बयलकोटीले सञ्चालन गरेको उक्त पेशामा अरु  दुई जना सहयोगी रहेको खुलेको छ । प्रहरीले उनीहरुको कोठाबाट धेरै थान नक्कली सर्टिफिकेट, कागजात, छाप, मेशिनहरु बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here