रसुवागढी नाका खुलाउन चीनले भोलिदेखि बेलिब्रिज बनाउन सुरु गर्ने

समाचार सारांश

  • रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य भोलिबाट सुरु हुने भएको छ।
  • गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि नेपाल–चीन सडक सम्पर्क अवरुद्ध भएको थियो।
  • चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा पुल निर्माण थाल्ने जानकारी दिएको हो।

रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन ११ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

frontline

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। आज रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोलीले निर्माणस्थलको अवलोकन गरेलगत्तै चिनियाँ समकक्षीसँग भर्चुअल बैठक भएको थियो।

सोही बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा भोलिदेखि निर्माण थाल्ने जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले पुल निर्माणका लागि आवश्यक सबै सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

#बेलिब्रिज #मितेरी पुल #रसुवागढी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here