रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह

समाचार सारांश

  • जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
  • भोटेकोशी नदीमा आएको बाढी तिब्बतबाट आएको र घट्दो क्रममा रहेपनि त्रिशूली नदी क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
  • चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । 

frontline

महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो। 

यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ । 

#दुर्घटना #बाढी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here