रवीन्द्र मिश्रको बयान : आयोजक दुर्गा प्रसाईं हुन्, म अतिथिको रूपमा मात्रै गएको

तीनकुनेको कार्यक्रममा आफू अतिथिको रुपमा सहभागी हुन पुगेको उनले बताएका छन् । उक्त दिन कसैलाई पनि तोडफोड गर्न, वा विमानस्थल, भन्सार कार्यालयमा तोडफोड गर्न नलगाएको बताएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि चारवटा मुद्दा दायर भएको छ।
  • मिश्रले आफूले हिंसात्मक गतिविधि नगरेको र प्रदर्शनको कमाण्ड भने विवादास्पद व्यक्तिले गरेको बताए।
  • प्रदर्शनमा ज्यान गएको र घाइते भएका व्यक्तिहरूको विवरण र मिश्रको बयान उल्लेख गरिएको छ।

११ जेठ, काठमाडौं। तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दायर भएको छ ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिश्रलाई पक्राउ गरेको थियो ।

ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा उनी पक्राउ परेका थिए । लामो समय उनी हिरासतमा रहेका थिए । सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । त्यसपछि अहिले उनी हिरासत बाहिरै छन् ।

‘संसद भवनलगायतका संरचनाहरु कब्जा गर्न मैले कोही कसैलाई खटाएको छैन । अन्यले खटायो/खटाएन मलाई थाहा भएन।’

तीनकुने प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । तर प्रतिवादी मिश्रले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले आफूले आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर दुवै नगरेको दाबी गर्दै बयान दिएका छन् ।

राज्यविरुद्धको कसुरमा बयान दिँदै रवीन्द्रले भनेका छन्, ‘संसद भवनलगायतका संरचनाहरु कब्जा गर्न मैले कोही कसैलाई खटाएको छैन । अन्यले खटायो/खटाएन मलाई थाहा भएन।’

‘नेताको घर दैलोमा आगो लगाउने हो, अब हामी देउँसी भैलो खेल्न आएको होइन । अब त आगो लगाउने हो । जय नेपाल, जय राष्ट्रवाद’ भन्ने भिडियो समेत आफ्नो नरहेको उने बताएका छन् ।

त्यसैगरी सरकारले तोकेको ठाउँमा कार्यक्रम गर्न लागेका बेला सहभागीहरुमाथि अश्रु ग्यास प्रहार भएपछि आवेगमा आएर मन्तव्य दिएको भने उनले स्वीकार गरेका छन् । तर कुनै पनि हिंसात्मक गतिविधि नगरेको उनको बयानमा उल्लेख छ ।

तीनकुनेको कार्यक्रममा आफू अतिथिको रुपमा सहभागी हुन पुगेको उनले बताएका छन् । उक्त दिन कसैलाई पनि तोडफोड गर्न, वा विमानस्थल, भन्सार कार्यालयमा तोडफोड गर्न नलगाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here