रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • म्याट्रिक्स फाइट नाइट १७ मा रवीन्द्र ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।
  • रवीन्द्र ढाट एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
  • उनको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ।

frontline

१८ साउन, काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।

यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए।

तेस्रो राउण्डमा खेलको मोड बदलियो। रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्‍यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा विजेता घोषित गरे।

यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्।

विजयी क्षणमा रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा गर्वका साथ फहराइएको थियो।

रवीन्द्र ढाट

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here