हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो
मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला परेका थिए।
हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ शव फेला पारेको हो। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज आठ शव फेला परेको जानकारी दिएका छन्।
यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। खोज तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो।






प्रतिक्रिया दिनुहोस्