युवा-युवतीमा हुक्का अत्यन्त्यै लोकप्रिय, यसको सेवन के उचित हो ?

५ असार, काठमाडौं । आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्।

आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ। जसले बालबालिकाको सोचाईमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ।

frontline

तर यथार्थ फरक छ, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो । एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा चुरोट सेवन गर्नु बराबर हुन्छ ।

हुक्कामा निकोटिन, भारी धातु, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।

अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग गराउँछ।

धूम्रपान  गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धूम्रपान  नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ । निष्क्रिय धूम्रपान  गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

धूम्रपानको असरहरू 
-विभिन्न क्यान्सर, फोक्सो, मुटु सम्बन्धी रोग, निकोटिन निर्भरता, मनोवैज्ञानिक असर, उच्च रक्तचाप, मधुमेह,  एथेरोस्क्लेरोसिस, क्षयरोग हुन सक्छ।
-शुक्राणुको संख्या, गुणस्तर घट्नु, पुरुष बाँजोपन।
-वातावरण प्रधुषण।
-गर्भावस्थामा धूम्रपान गर्दा समयपूर्व बच्चा जन्मनुका साथै नवजात शिशुको मृत्यु हुन्छ।

धूम्रपान  त्याग्ने  उपायहरु
-धूम्रपानको तलतल लाग्दा  पानी पिउने।
-स्वास्थ्य खानपान साथै दैनिक शारीरिक व्यायाम गर्ने। 
-मदिरापान त्याग्ने।
-६ देखि ८ घण्टा सुत्ने।
-स्वास्थ्य विज्ञबाट सल्लाह र सुझाव लिने।

धूम्रपानले स्वास्थ्यमा पार्ने असरको जनचेतना फैलाउँदै, हुक्का सेवन, धूम्रपान  परित्याग गर्दै गम्भीर तथा तीव्र रोगहरूबाट बाँचौ र अरूलाई बचाउँ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here