युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

श्रोत: ईन्टरनेट

इटहरी । अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । 

frontline

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो । 

‘घटनास्थलमा प्रहरी टोली पुग्दा तीन जना मिलेर कुटपिट गरिरहेको पाइयो,’उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ।’

तीन जनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी–९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गरी सिटी सफारीमा राखेर फूलबारी टोलमा पुर्याएका थिए।

रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाको भनाइ छ ।

उनका अनुसार भोलिपल्ट अर्थात शुक्रबार बिहान थापाको कोठाबाट हिँडाउँदै केही पर लगेर कुटपिट गरेको पाइएको प्रहरीले बताएको भनाई छ । 

‘अपहरणपछि बन्धक बनाएर कुटपिट गरिरहेको अवस्थामा घटनामा संलग्न तीन जनालाई पक्राउ  गरियो,’ थापाले भने,‘प्रहरीले पीडितको उद्धार पनि गरेको छ ।’

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीका आधारमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here