युवकको पेटबाट सिसाको बोतल निकालियो

रौतहटमा २६ वर्षीय एक युवकको पेटबाट सिसाको बोतल निकालिएको छ । पेट दुखेर अस्पताल गएर एक्सरे गर्दा उनको पेटमा सिसाको बोतल देखिएपछि शल्यक्रिया गरेर निकालिएको हो । 

गुजरा नगरपालिका–९ अमतबा टोलका नुर्साद मन्सुरीलाई पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो । एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

frontline

शल्यक्रियापछि सोमबार साँझ उनको होस खुलेको छ । होसमा आएलगत्तै उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको हो ।

हाल उनी चितवनस्थित पुरानो मेडिकल कलेजको आइसियूमा चिकित्सकको निगरानीमै छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here