युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य ‘निकै टाढा’छ भनी दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।  

सामाजिक सञ्जालमार्फत ट्रम्पले सोधेका छन्, ‘उनी (जेलेन्स्की) के सोचिरहेका छन् ?’ आइतबार मात्रै लण्डनमा भएको एक शिखर सम्मेलनपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य ‘निकै टाढा’ रहेको भनी अभिव्यक्ति दिएका थिए । तर, शिखर सम्मेलनलगत्तै युरोपेली नेताहरुले अमेरिकाको सहयोगविना युक्रेनमा शान्ति स्थापनाको ग्यारेन्टी दिन नसक्ने बताएका थिए । 

frontline

गएको शुक्रबार ह्वाइट हाउसस्थित ओभल अफिसमा ट्रम्प र जेडी भान्ससँग चर्काचर्कीपछि बेलायतको भ्रमण गरे । यसबीच बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनमा शान्ति स्थापनाका लागि ट्रम्पको प्रतिवद्धता महत्वपूर्ण हुने भनी संसदलाई जानकारी दिएका छन् । 

उनले भने, ‘शान्ति सुनिश्चित गर्न अमेरिका नै महत्वपूर्ण हो र जसमा बेलायत अग्रणी भूमिका निर्वाह गर्नेछ ।’ प्रधानमन्त्री स्टार्मरले शिखर सम्मेलन लगत्तै युद्ध अन्त्य तथा रुसबाट देशको रक्षाका लागि युक्रेनी सहायताका लागि भन्दै चार सुत्रीय योजना नै घोषणा गरेका छन् । जसबारे सर्वत्र चर्चा भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here