युगान्डामा भोकमरीको समस्या, सहयोगका लागि आह्वान

२७ जेठ, काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ । संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् ।

ती एजेन्सीहरुले युगान्डाका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।

frontline

युगान्डामा रहेका राष्ट्रसंघीय निकायहरुले मुलुकको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या उत्पन्न भएको जानकारी दिएका छन् ।

सो क्षेत्रमा केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको जनाइएको छ । त्यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए ।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।

सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here