युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको चीनको स्पष्टिकरण

श्रोत : ईन्टरनेट

१४ मंसिर, बेइजिङ ।  चीनले अफ्रिकी मुलुक युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको स्पष्टिकरण दिएको छ । युगान्डास्थित चिनियाँ राजदूतावासले सो स्पष्टिकरण दिएको हो ।

शनिबार र आइतबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल कब्जामा लिने भएको खबर प्रकाशित गरेका थिए ।

frontline

युगान्डाले चीनको ऋण तिर्न नसक्दा सो विमानस्थल कब्जामा लिन लागेको भन्दै युगान्डास्थित चिनियाँ राजदुतावासले ध्यानाकर्षण गरेको थियो । ‘चीनले युगान्डालगायत विभिन्न विकासोन्मुख मुलुकहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

हामीबीच विगतदेखि मित्रवत् सम्बन्ध चलिआएको छ,’ राजदूतावासका प्रवक्ताले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘त्यसैले ऋण तिर्न नसकेको आधारमा चीनले युगान्डा र अफ्रिकाका कुनैपनि परियोजना आफ्नो कब्जामा लिएको छैन। चीनले अफ्रिकाको क्षमता विकासका लागि निरन्तर सहयोग गर्नेछ ।’

सन् २०१५ मार्चमा चीनको एक्सपोर्ट-इमपोर्ट बैंकले युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय एन्टेबे इन्टरनेसनल एयरपोर्ट पुनर्निमाण र विस्तारका लागि करिब २०० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो।

सो परियोजनाले सन् २०२२ को अन्त्य सम्ममा सम्पन्न हुने लक्ष्य राखेको छ भने हालसम्म ७५.१ प्रतिशत काम सम्पन्न भएको चिनियाँ मिडियामा उल्लेख छ। चीनले युगान्डामा विभिन्न हाइड्रो परियोजनामा लगानी गरिरहेको समेत बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here