युक्रेनी सेनालाई ‘सत्ता कब्जा’ गर्न पुटिनको आग्रह

१४ फागुन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनालाई सत्ता कब्जा गर्न आह्वान गरेका छन् ।

पुटिनले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै जेलेन्स्कीको सरकारबाट आफ्नो हातमा शक्ति लिन युक्रेनी सेनालाई आग्रह गरेका हुन् ।

frontline

“म फेरि एकपटक युक्रेनको सशस्त्र बलका सैनिक कर्मचारीहरूलाई अपिल गर्छु, नव–नाजी र युक्रेनी कट्टरपन्थी राष्ट्रवादीहरूलाई आफ्ना छोराछोरी, पत्नी र वृद्धहरूलाई मानव ढालको रूपमा प्रयोग गर्न नदिनुहोस्,” पुटिनले भने ।

पुटिनले युक्रेनी सरकारको उपहास गर्न ‘नव–नाजी’ शब्दको प्रयोग गर्दै आएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की, जो यहूदी हुन्, उनले यस पदावलीलाई खारेज गरेका छन् । 

“सत्ता आफ्नै हातमा लिनुहोस्, सहमतिमा पुग्न सजिलो हुनेछ,” युक्रेनी सेनालाई सम्बोधन गर्दै पुटिले थपे ।

पुटिनको टिप्पणी जेलेन्स्कीले आफ्नो देशको सेनालाई रुसी आक्रमणको बीचमा आफ्नो भूमिको रक्षा गर्न आग्रह गरेको केही घण्टापछि आएको हो । 

“बलियो रहनुहोस्, हामीसँग भएको सबै कुरा तपाईं हुनुहुन्छ,” युक्रेनी नेताले सैन्य वर्दी लगाएर राष्ट्रलाई सम्बोधन गर्ने क्रममा सेनालाई भनेका थिए । बीबीसी र अलजजीराबाट ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here