युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि फेरि कटाक्ष गरेका छन् । सोमबार आफ्ना विपक्षीहरूलाई जवाफ दिँदै उनले युक्रेनको जस्तो हविगत हुनबाट बच्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा अमेरिकाको आप्रवासन समस्यामा ध्यान केन्द्रित गर्न भनेका छन् । 

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टु«थ सोसलमा लेखेका छन्, ‘हामीले पुटिनको बारेमा कम र आप्रवासी दष्कर्म गिरोह, लागुपदार्थ माफिया, हत्यारा र मानसिक संस्थानबाट आएका मानिसहरूबारे बढी चिन्ता गर्नुपर्छ, ताकि हाम्रो अवस्था युरोप जस्तो नहोस् ।’

frontline

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको  महत्त्वपूर्ण भेटघाट असफल भएपछि अमेरिकी राष्ट्रपतिको यो बयान आएको हो । सो बैठक अमेरिका र युक्रेनबिचको खनिज स्रोतसँग सम्बन्धित सम्झौताबारे थियो । तर ओभल अफिसमा ट्रम्पसँग झगडा भएपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युरोपबाट समर्थन जुटाउन सिधैं लन्डन रवाना भएका थिए । 

बैठकमा यूरोपेली देशहरूले एकअर्कासँग मिलेर रुस–युक्रेन युद्ध रोक्न योजना बनाएको र पछि यसलाई ट्रम्पसमक्ष पेस गरिने लन्डनमा भएको शिखर सम्मेलनको क्रममा बेलायती प्रधानमन्त्री किर स्टार्मरले बताए । 

यसैबिच, जेलेन्स्कीले युरोपको एकताको प्रशंसा गरेका छन् । ‘लन्डन सम्मेलन युक्रेन र हाम्रो साझा युरोपेली भविष्यको लागि थियो । हामीलाई युरोपबाट बलियो समर्थन मिलिरहेको छ– हाम्रा सेना र नागरिक दुवैका लागि,’ एक्समा जेलेन्स्कीले लेखेका थिए । युरोपको यो एकता लामो समयपछि देखिएको सुरक्षा सम्झौता र न्यायपूर्ण शान्तिका लागि अमेरिकासँग वार्ता भइरहेको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here