युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण, १२ को मृत्यु, ३३ घाइते

१६ चैत, किभ । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।

रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइतेसमेत भएका अधिकारीहरूले जनाएका छन्।

frontline

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ।

स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन्।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here