यी नदी तथा खोलामा आज बहाव बढ्ने, सतर्क रहन आग्रह
८ असार, काठमाडौं । केही नदी तथा खोलामा आज बहाव बढ्ने भएको छ । पानी परिरहेकाले बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने भएको छ ।
केही नदीमा आकस्मिक वहाबसमेत हुन सक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज देशका प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै रहनेछ ।
प्रतिक्रिया दिनुहोस्