याकुत संसारकै चिसो सहर, जहाँको तापक्रम माइनस ३५ देखि ७१ डिग्री सेल्सियससम्म पुग्छ

१४ पुस, अन्टाकर्टिका  । धुव्रीय क्षेत्र र उच्च हिमाली क्षेत्रको हिसाबले हेर्दा पृथ्वीमा चिसो हुने स्थानहरु प्रशस्तै छन् ।

जाडोयाममा पृथ्वीको अधिकांश भू-भागतिर चिसो हुनेगर्छ । तर, मानवको वासस्थानसमेत रहेका वर्षभर जाडो अनुभव गर्नुपर्ने संसारका सबैभन्दा चिसो सहरहरु भने निकै कम छन् ।

frontline

तिनै चिसो सहरमध्ये एउटा हो, रसिया साइवेरिया क्षेत्रमा अवस्थित याकुत सहर ।

याकुत सहर संसारकै चिसो सहर मात्र नभए शून्य डिग्री तापक्रमभन्दा कम भएको क्षेत्रमा अवस्थित संसारकै ठूलो सहरको रुपमा पनि चिनिन्छ ।

जाडोयाममा अत्याधिक जाडो हुने याकुत सहरको औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुनेगर्छ । जाडोयाममा सो सहरको तापक्रम माइनस ३५ डिग्री सेल्सियसदेखि माइनस ७१ डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।

वर्षको अधिकांश समय जाडो हुने याकुतको तापक्रम गर्मीयाममा मुस्किलले ३० डिग्री सेल्सियससम्म पुग्ने गर्छ । त्यहाँका वासिन्दाले गर्मीयाम छोटो समयसम्म मात्र अनुभव गर्न पाउँछन् ।

संसारको भौगोलिक नक्सामा रुसको सूदुर पूर्व एसियाको उत्तरी क्षेत्रमा पर्ने याकुत सहरको कुल क्षेत्रफल १२२ किलोमिटर रहेको छ । पछिल्लो आँकडाअनुसार सो सहरको जनसंख्या करिब ३ लाख छ ।

याकुतमा रहेका अधिकांश भवनका संरचना सोभियत संघको पालामा बनेका संरचनामा आधारित छन् । त्यहाँका मानिसहरु प्रकृति पूजामा विश्वास गर्छन् ।

याकुतवासीहरुको मुख्य पेशा माछापालन र पशुपालन हो । जाडोयाममा त्यहाँका सरकारी कार्यालयहरु तीन दिनमात्र खुल्ने गर्छन् ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here