यती विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको टोली पोखरामा

४ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली पोखरा पुगेको छ । टोली दुर्घटनास्थलमा पुगेको हो । विमान निर्माता कम्पनीका तर्फबाट अध्ययनका लागि आएको नौ सदस्यीय विज्ञ टोली घटनास्थल पुगेको बताइएको छ ।

टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै उडानको प्राविधिक पक्षमा काम गरिरहेकाहरूसँग पनि छलफल गर्ने तयारी गरेको छ । दुर्घटनाको कारण पत्ता लगाएर टोलीले विमानको प्राविधिक समस्या हो वा मेन्टिनेन्समा ध्यान नदिएको भन्ने निर्क्योल गर्नेछ ।

frontline

एटीआर–७२ विमान नेपालमा पहिलोपटक दुर्घटना भएको हो । विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो राख्दै आफैँ अनुसन्धान थालेको हो ।

नेपाल सरकारले दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग बनाएको छ । आयोगले पनि पोखरामै काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

गएको आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको विमान सेती नदीको खोचमा खसेको थियो । विमानमा ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here