यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक (प्रतिवेदनकाे पूर्णपाठ)

५ फागुन, काठमाडौं । गएको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको ५ सदस्यीय जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनले विमान दुर्घटनामा पर्नुअघि विमानमा समस्या आएपछि कमाण्ड परिवर्तन भएको विवरण उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार मुख्य कमाण्ड दिने ठाउँ अर्थात् बायाँतर्फको सिटमा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । दायाँतर्फ प्रशिक्षक क्याप्टेन कमल केसी बसेका थिए ।

frontline

तर, खतराको संकेत पाएपछि बिहान १०ः५७ः१८ बजे विमानको नियन्त्रण अन्जुले केसीलाई दिएकी थिइन् । उक्त अवस्थामा पाइलट अन्जुले इन्जिनमा पावर नरहेको समेत केसीलाई बताएकी थिइन् । उक्त दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाको निधन भएको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार एयर ट्राफिक कन्ट्रोलर(एटीसी)ले उक्त विमान अवतरणका लागि धावनमार्ग ३० उपलब्ध गराएका थिए । तर चालक दलले धावन मार्ग १२ मागेका थिए । त्यसपछि एटीसीले १२ मा अवतरण गर्न अनुमति दिएका थिए । बिहान १०ः५१ मा धावनमार्गको उत्तरतर्फ १२ बाट अवतरण गर्न प्रयास भएको थियो । १०:५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए ।

धावनमार्गमा अवतरणका लागि विमानको ल्यान्डिङ गियर समेत खोलेका थिए । विमानको मुख्य कमाण्डमा रहेकी अन्जुले विमानलाई देब्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोधेकी थिइन् । प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएका थिए । खतिवडाले विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए । अन्तिममा खतिवडाले विमानको सम्पूर्ण कमान्ड प्रशिक्षक केसीलाई सुम्पिएकी थिइन् । यसबारे अध्ययन अझै जारी रहेको समितिले उल्लेख गरेको छ ।

यस्ताे छ प्रतिवेदन  :-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here