म पार्टी प्रवेश गरेको होइन, एमालेमै रहेको हो -मेयर सोम मिश्र

नेकपा एमालेका केन्द्रीय सदस्य तथा चागुनाराण नगरपालिकाका मेयर सोम मिश्रले आफु एमालेमा प्रवेश गरेको नभएर एमालेमै रहेको बताउनुभएको छ । मेयर मिश्रले माधव नेपाल पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै आफु एमालेमै रहेको प्रष्ट पार्नुभयो ।

“म जुनसुकै परिस्थितीमा पनि नेकपा एमाले थिएँ । माओवादी केन्द्र र एमालेबीच पार्टी एकताभएसँगै म पनि नेकपाको सदस्य भएँ । फेरि सर्वोच्चले माओवादी केन्द्र र नेकपा एमाले बनाइदिएपछि म एमाले भएको हो । केपी ओली जुन दिन नेकपाबाट फेरि एमाले बन्नुभयो, त्यही दिनदेखि म पनि एमाले भएको हुँ । एमालेमा प्रवेश गरेको भन्ने समाचार झुट हो । त्यसको कुनै अर्थ छैन ।”

frontline

ओली पक्षले भने मेयर सोम मिश्र माधव नेपाल समूह परित्याग गरि ओली नेतृत्वको एमालेमा आएको जनाएको छ ।

नेपाल समूहका प्रभावशाली नेताका रुपमा परिचित मेयर मिश्रले ओलीको पक्षमा उभिदै यस्तो वेलामा सामानान्तर संठन बनाउन नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र सैद्धान्तिक वैचारिक असहमती रहनु सामान्य हो । त्यस्ता असन्तुष्टिलाई छलफल गरेर टुंग्याउनु राम्रो हुन्छ । राजनीतिमा असहमतिभित्रबाट सहमति खोजेर अगाडि बढ्नुपर्दछ । केही कुरामा चित्त बुझेन भन्दैमा पार्टी फुटाउने, समानान्तर संगठन बनाउने कुरा दुभाग्यपूर्ण छ । यसले नेपालको सिंगो कम्युनिष्ट आन्दोलनलाई नै क्षतिभन्दा अरु केही दिदैन ।” उहाँले भन्नुभयो, “यस्तो जटिल अवस्थामा महाधिवेसनले बनाएको अध्यक्ष केपी ओलीलाई साथ दिनुपर्दछ ।”

भक्तपुर जिल्लामा राम्रो प्रभाव रहेको नेता मिश्र ओली समूहमा लाग्नु माधव नेपाल समूहका लागि ठूलो क्षतिको रुपमा हेरिएको छ ।

पछिल्लो समय उहाँले चागुनारायणका युवाहरुलाई स्वरोजगारमूलक कार्य गर्न उत्साहीत गर्दै नगरपालिकाले समन्वय गरी बिना धितो निशुल्क व्याजमा युवा उद्यमीहरुलाई ३ लाखसम्म अनुदान दिएर उदाहरणीय काम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here