म्यानमारलाई दिने आर्थिक सहायता जापानले पनि रोक्यो

फ्रन्टलाइन, विश्व परिवेश । जापानले म्यानमारमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ।

म्यानमारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो। जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यानमारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन्।

frontline

संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ता विद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ठ कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्ध घोषणा गरिसकेका छन्।
जापानको म्यानमारसँग बलियो आर्थिक तथा म्यानमारको सेनासँग रहेको लामो समयदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ। म्यानमारमा नयाँ सहायता मात्र रोकिनेछन्। हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ। म्यानमारमा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

विश्वका शक्तिशाली मुलुकहरुले म्यानमारको सैन्य विद्रोहलाई लिएर निन्दा एवं भर्त्सना गरिरहेका छन्। जापानले म्यानमारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्वहालीका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here