म्यानमारकी आङ साङ सुकीको सजाय आधा घटाइयो

२१ मंसिर, एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ । म्यानमारको अदालतले सुकीमाथिको सजाय आधा घटाएको हो ।

यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो ।

frontline

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here