म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

१६ माघ, म्याग्दी । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर सोही गाउँपालिका वडा नम्बर ४ दग्नाम तर्फ जाँदै गरेको गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर शनिबार राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित पानाकोटमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि रोल्पाको सुनछहरी गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा घाइते घर्ति मगरलाई उपचारको लागि बेनी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।

ट्याक्टरमा चालकसहित तीन जना सवार थिए । अन्यको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।सुनछहरी गाउँपालिका –३,का २८ बर्षिय चालक जनक घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालकको स्वास्थ्य अवस्था सामान्य रहेको सुचना अधिकारी गुरुङले जानकारी दिए। सोही ट्याक्टरमा सवार अर्को ट्याक्टरका चालक भुपेन्द्र बिस्ट ट्याक्टर अनियन्त्रित भएको थाहा पाएपछि हाम फालेर ज्यान जोगाएका छन् ।

ट्याक्टर सडकदेखि साढे चार मिटर तल खसेको थियो । स्थानीयले राति साढे एक बजे प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here