मौरी पालक किसानलाई तालिम
रोङ गाउँपालिकाले मौरी पालन तालिम सञ्चालन गर्ने भएको छ । पालिकाले बुधबार सूचना जारी गर्दै मौरी पालन तालिम सञ्चालन गर्ने उल्लेख गरेको छ ।
गाउँपालिकाभित्रका मौरीपालक कृषक, कृषक समूह तथा कृषि फार्मलाई आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ । सूचनाका अनुसार इच्छुक मौरीपालक कृषक, कृषक समूह तथा कृषि फार्मले १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।
गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को प्रदेश शसर्त अनुदान कार्यक्रममार्फत मौरीपालन आधारभूत तालिम सञ्चालन गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्