मोरङमा कांग्रेस संस्थापन पक्ष कमजोर

९ मंसिर, विराटनगर । नेपाली काग्रेस मोरङ संघीय निर्वाचन क्षेत्रमा डाक्टर शेखर कोइराला पक्ष बलियो देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा कोइराला पक्ष बलियो देखिएको हो ।

संघीय ६ वटा निर्वाचन क्षेत्रमा कोइराला पक्षले चार क्षेत्रमा जितेको छ । एक क्षेत्रको मतगणना जारी रहदा एउटा क्षेत्रमा संस्थापन पक्षले जितेको छ ।

frontline

निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई विजयी भएका छन् । उनी सर्वसम्मत भएका हुन । क्षेत्र नम्बर २ मा नागेश्वर सिंह, ३ मा गणेश खड्का, क्षेत्र नम्बर ५ मा जिवक्ष गच्छदार र ६ मा देवराज तामाङ विजयी भएका छन् । क्षेत्र नम्बर ५ मा गच्छार सर्वसम्मत निर्वाचित भएका हुन् । उनी संस्थापन पक्षका हुन् ।

निर्वाचन क्षेत्र नं ४ मा मतगणना जारी छ । विनोद बस्नेतले अग्रता लिएका छन् । उनी नेता महेश आचार्य नजिक छन् ।

निर्वाचन क्षेत्र नम्बर ६ मा सभापतिसहित सबै पदाधिकारी डा. शेखर कोइराला पक्षका उमेदार विजयी भएका छन् ।

तीन सांसद पराजित

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा प्रदेश १ का तीन सांसद पराजित भएका छन् । प्रदेश सांसद बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका हुन् । कार्की र पौडेल मोरङ निर्वाचन क्षेत्र नम्बर ६ र थापा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

कांग्रेस नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमिला थापालगायत नाम चलेका नेता पनि पराजित भएका छन् ।

महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी चयन गर्ने प्रतिनिधिमा समेत संस्थापनभन्दा रामचन्द्र पौडेल- डाक्टर शेखर कोइराला पक्ष बलियो देखिएको नेताहरू बताउँछन् । मतदानको सम्पूर्ण विवरवण आउन र अद्यावधिक हुन अझै समय लाग्ने पार्टी सचिव मोदराज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here