मोरङका २० वटा मतदान केन्द्रमा मतदान जारी

४ मंसिर, काठमाडौं । मोरङमा ६३ प्रतिशत मत खसेको छ । ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा साँझ ५ बजेसम्म ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

६५ प्रतिशत मत खस्ने अनुमान गरिएको उनले बताए । ‘हालसम्म २० वटा मतदान केन्द्रमा मतदान जारी छ,’ अधिकारीले भने, ‘७ बजेसम्म मात्रै मतदान सकिने देखिएको छ ।’

frontline

मोरङमा ८३९ वटा मतदान केन्द्र र ३०६ वटा मतदानस्थल छन् । जिल्लामा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । ६ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आइतवार रातिदेखि नै मतगणना गर्न भने पनि मोरङमा भने कति बेलादेखि मतगणना गर्ने भन्ने अन्योल रहेको छ ।

‘मतदानस्थलमा मतदाता ढिलो आएकाले तोकिएकै समयमा मतदान सकिएन,’ निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले भने, ‘मतपेटिका राति अबेरसम्म मात्रै भेला हुन्छ ।’

सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना गर्ने जनाइएको छ । सर्वदलीय बैठक आइतवार राति नै बस्ने जनाइएको छ । मोरङको १ नम्बर क्षेत्रमा भौगोलिक विकटताका कारण मतपेटिका आउन समय लाग्न जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here